आहा! रारा पोखरा गोल्डकपमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन'
पाेखरा | फागुन ३, २०८१
पोखरा: २४ औं आहा! रारा पोखरा गोल्डकपकमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' बनेको छ ।
पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको बुल्सको जीतमा कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८ औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे ।
पुलिसका लागि भने शिशिर चौधरीले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए ।
पहिलो सहभागितामै ऐतिहासिक उपाधि जित्दै ब्ल्याक बुल्सले नगद रु १२ लाख १ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको पुलिस क्लबले नगद रु ६ लाख १ हजार हात पार्याे ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

